प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०४-०९

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८२।०४।०८ गते १६:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.६ जालीबाट सोही ठाउँ बस्ने बर्ष ४३ को मागु राम चौधरीलाई शंका लागि चेकजाँच गर्दा २४०  मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 

     यसैगरी,  मिति २०८२।०४।०८ गते २१:३० बजेको समयमा लागूऔषध चरेश लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला कैलाली, गोदावरी न.पा.२ बझाङ्ग बिपिन होटेलमा बसि रहेको अबस्थामा चेकजाँच गर्दा जिल्ला बझाङ्ग, छबिसपाथिभारा गा.पा.०७ बस्ने बर्ष ३९ को गगन बोहराको साथबाट १ के.जी. लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 

       यसैगरी,  मिति २०८२।०४।०८ गते २१:३५ बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कैलाली, गोदावरी न.पा.१ भरतपुर स्थित पैदल हिडीरहेको अबस्थामा जिल्ला बैतडी, सुर्नया गा.पा.३ बस्ने बर्ष २८ को चन्द्र सिंह ऐरी, बर्ष २५ को मोहन भट्ट र बर्ष २५ को महेश बि.क. लाई शंका लागि चेकजाँच गर्दा ४६९ ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारी उक्त पदार्थ सहित निज तिनै जनालाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।     

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।