प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरुवा बन्दुक सहित मानिस पक्राउ

२०८२-०४-०९

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८२।०४।०९ गते ०२:४० बजेको समयमा बिशेष सुचनाको आधारमा अस्थायी प्रहरी बिट स्याउले, कैलालीबाट खटि गएको प्रहरी टोलीले जिल्ला कैलाली, गोदावरी न.पा.८ स्याउले बस्ने बर्ष २६ को राजु चौधरीको घरमा खान तलासी गर्दा घर भित्र लुकाइ छिपाइ राखेको भरुवा बन्दुक नाल- १ (एक), चित्तलको सिंङ, चित्तलको खुट्टाको आधा भाग र सोही ठाउ बस्ने बर्ष २३ को चन्द्र बहादुर चौधरीको घर खानतलासी गर्दा घर भित्र लुकाइ छिपाइ राखेको भरुवा बन्दुक (लोड गरेको छर्रा भरेको) नाल-१ फेलापारी उक्त हातहतियार सहित निजहरु दुवै जनालाई नियन्त्रणमा लिएको, सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।   

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।