प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ

२०८२-०४-१२

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८२।०४।११ गते १४:३० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.७ जितु कटेज स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६,३४,५००।–- (छ लाख चौतिस हजार पाँच सय) बराबरको साडी, कुर्ता सुरवाल, कटन सर्ट र से १ ह २३१६ नम्बरको पेट्रोल अटो सहित अटो चालक ऐ.१ बस्ने बर्ष ४४ को धिरेन्द्र चन्दलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी उक्त सामान, अटो सहित निजलाई भन्सार कार्यालय सत्तिमा बुझाएको ।    

      यसैगरी,  मिति २०८२।०४।११ गते १७:३० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.७ हिम्मतपुर स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,७१,५००।–- (एक लाख एकहत्तर हजार पाँच सय) बराबरको बिडी, सुर्ती, सलाई, मोटरसाइकल थान-१ लगायतका सामानहरु इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।                     

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।