फरार प्रतिवादी पक्राउ
२०७९-१२-२०
- A
- A-
- A+
कैलाली- मिति २०७९।१२।१९ गते ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीवाट खटिएको प्रहरी टोलीले बन्यजन्तु मुद्दाको ६ महिना कैद, जरिवाना रकम रू. २०,०००।- फैसला भएको फरार प्रतिबादी जि. कैलाली गोदावरी न.पा. ४ बस्ने बर्ष ५३ को शेर बहादुर पुनमगरलाई निजकै घर बाट पक्राउ गरी सम्मानित अदालतमा बुझाईएको ।
यसै गरि आईतवार साझ जिल्ला प्रहरी कार्यालय कैलालीवाट खटिएको प्रहरीटोलीले कैलालीको बिभिन्न स्थानवाट निम्न स्थान वस्ने फरार प्रतिवादीलाई पक्राउ गरि सम्मानित आवश्यक कारवाहीको लागि सम्मानित अदालतमा पेश गरेको ।
निम्न
१. जि.कैलाली धनगढी उ.म.न.पा.४ बस्ने बर्ष २८ को अरुण कुमार बुढामगर बन मुद्दाको सम्मानित जिल्ला अदालत कैलालीको मिति २०७७।१२।१२ गतेको फैसलाले ३८,५४३।- जरिवाना तोकिएको फरार प्रतिवादी ।
२. जि.कैलाली धनगढी उ.म.न.पा.१५ बस्ने बर्ष २५ को पप्पु राना चोरी मुद्दाको सम्मानित जिल्ला अदालत कैलालीको मिति २०७७।१२।०४ गतेको फैसलाले १ महिना ४ दिन कैद र रु. २,०००।- जरिवाना तोकिएको फरार प्रतिवादी ।
३. जि.कैलाली धनगढी उ.म.न.पा.१५ बस्ने बर्ष २५ को राम कुमार चौधरी चोरी मुद्दाको सम्मानित जिल्ला अदालत कैलालीको मिति २०७१।०४।१९ गते फैसलाले १ बर्ष १ महिना १४ दिन कैद र तोकिएको फरार प्रतिवादी ।