प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८२-०४-१२

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८२।०४।१२ गते ००:३० बजेको समयमा जिल्ला कैलाली, जोशीपुर गा.पा. ०१ लक्कडमण्डी बस्ने बर्ष ४८ को धन बहादुर बोहराको घर नजिकै रहेको टिनले छाएको र काठले बनेको गाई गोठ अगाडी मच्छर भगाउनको लागी बालेको आगोबाट आगलागी हुँदा गोठ भित्र रहेका २ वटा बोका मध्ये १ बोका जलेर मृत्यू भएको, १ बोका घाईते भएको,१ वटा गाई जलेर घाईते भएको र गोठ समेत पुर्ण रुपमा जली अन्दाजी मुल्य रु.१,०८,४००।– (एक लाख आठ हजार चार सय) बराबरको धनमाल जलेर क्षति भएको ।


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।