अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०४-१३
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०४।१२ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त.न.पा.५ सुकाशाल, ऐ.११ चौकीसत्ता, बेदकोट न.पा. ६ नगरपालिकाको कार्यालय अगाडी र बेलौरी न.पा.१ फटैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.११,९६,५५०।– बराबरको नरिवल, छाता, सुर्ती, भाँडावर्तन, बिभिन्न किसिमका कपडा, किरानाका सामान, मोटरसाइकल थान-२ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।