प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८२-०४-१३

  • A
  • A-
  • A+
Share

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ राजपुर बस्ने बर्ष ३२ को शिव दास रानालाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०४।१२ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको  ।                                                                                                  


सम्बन्धित समाचार
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१५

     कैलाली:- मिति २०८२।०४।१४ गते १७:५५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.९ श्रीरामनगर टोलबाट ऐ.१० घुईयाघाट बस्ने बर्ष २० को सुरेन्द्र रानालाई शंका लागि चेकजाँच गर्दा २ ग्राम २० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।       यसैगरी, मिति २०८२।०४।१४ गते १८:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ ब्यारेल नजिक से ६ प २६६१ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कैलाली, ऐ.१३ मोहनपुर बस्ने बर्ष २६ को बिशाल चौधरी र मोटरसाइकल पछाडी सवार ऐ. श्रीलंका वस्ने बर्ष २४ दिपक चौधरीको साथबाट ५ ग्राम ६३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजहरु दुवै जनालाई वडा प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण व्युरो शाखा धनगढी र प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।