भिरबाट लडेर मृत्यु
२०८२-०४-१४
- A
- A-
- A+
बाजुरा:- मिति २०८२।०४।१३
गते १३:०० बजेको समयमा जिल्ला बाजुरा, बुढीनन्दा न.पा.१
जमसाल बस्ने वर्ष ६१ को मनिचन्द्र खत्री घाँस काट्न टालेबिस्न लेकमा गएकोमा साँझ
सम्म घर फर्की नआएकोले आफन्तले खोजतलास गर्दै जाँदा ऐ. माङ्लेगौडा भिरबाट अन्दाजी
१०० मिटर तल खसेर घाईते अवस्थामा फेला पारी उपचारको लागि कोल्टी अस्पताल बुढीनन्दा,
बाजुरामा पुर्याई चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको ।