फरार प्रतिबादी पक्राउ
२०८२-०४-१५
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८१।०८।०९ गतेको फैसलाले लागूऔषध मुद्दामा २ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.९ बस्ने बर्ष ४० को हिरा नाथ योगीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०४।१४ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।