प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०४-२६

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८२।०४।२५ गते १८:०० बजेको समयमा जिल्ला कैलाली, बर्दगोरीया गा.पा.४  पुरैनाताल सामुदायिक बन क्षेत्र नजिकबाट लागूऔषध सेवन गरीरहेको अवस्थामा जिल्ला कैलाली, लम्कीचुहा न.पा.६ गुलरा बस्ने बर्ष २७ को शंकर जैसी र जिल्ला बर्दिया, गेरुवा गा.पा.१ थापापुर बस्ने बर्ष २४ को किरण रावललाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ७ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।                   

       यसैगरी, मिति २०८२।०४।२५ गते २०:०० बजेको समयमा जिल्ला कैलाली, जानकी गाउँपालिका १ दुर्गौलीबाट सोही ठाउँ बस्ने  बर्ष २७ को क्षेत्र राज रावतलाई शंकास्पद रुपमा वसिरहेको अवस्थामा चेकजाँच गर्दा निजको साथबाट १०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।                   

      कञ्चनपुर:- मिति २०८२।०४।२५ गते १८:१५ बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारत बाट नेपाल तर्फ आउँदै गरेको सु.प.प्र.०२-००३ प ८२३१ नम्वरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.५ गुलरिया बस्ने बर्ष २२ को गणेश रावत र मोटरसाइकल पछाडी सवार सोही ठाउँ वस्ने बर्ष २५ को टेकराम चौधरीको साथबाट १० ग्राम ५८० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।