जुवातास खेलिरहेको अबस्थामा ५ जना पक्राउ
२०८२-०४-२६
- A
- A-
- A+
डडेल्धुरा:- मिति २०८२।०४।२६ गते ००:०० बजेको समयमा जिल्ला डडेल्धुरा, अमरगढी न.पा.१ स्याउले बजार स्थित सोही न.पा.१० बस्ने बर्ष ४२ को दिपक भण्डारीले संचालन गरेको आरति होटेलको दोस्रो तलामा जुवातास खेलिरहेका छन् भन्ने गोप्य सुचनाको आधारमा खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा निज पसल सञ्चालक दिपक भण्डारी सहित ५ (पाँच) जनालाई नगद रु.३७,७८५ र २०८ पत्ति तास सहित जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।