प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०४-२८

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८२।०४।२७ गते १८:४५ बजेको समयमा जिल्ला कैलालीधनगढी उ.म.न.पा.३ सिसा पोष्ट स्थित ऐ.गोदावरी न.पा.२ बस्ने बर्ष २६ को बिरेन्द्र साउदलाई बा ६२ प १२३५ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजको साथबाट ११० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित निजलाई प्रहरी चौकी त्रिनगरकैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको       यसैगरी, मिति २०८२।०४।२७ गते १९:०० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कैलालीधनगढी उ.म.न.पा.८ भाषा स्कुल नजिकबाट सोही ठाउँ बस्ने बर्ष ३७ की रामरति रानालाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको                    

    कञ्चनपुर:- मिति २०८२।०४।२७ गते १९:१० बजेको समयमा जिल्ला कञ्चनपुरपुनर्वास न.पा.११ डोकेबजार स्थित भारतबाट नेपाल तर्फ आउँदै गरेको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ बस्ने बर्ष ३० को निर्मल रोकायालाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १ ग्राम ७३० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र प्रहरी चौकी परासन, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको ।   

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-०४-३०

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले सवारी ज्यान मुद्दामा ५ महिना ५ दिन कैद सजाय तोकीई फरार रहेका जिल्ला कैलाली, टीकापुर न.पा.१ शक्तिनगर शिबिर बस्ने बर्ष २६ को लौटन चौधरी र सोही ठाउँ बस्ने बर्ष २२ को रबिन चौधरीलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०४।२९ गते निजहरुकै घर ठेगानाबाट पक्राउ गरेको  ।     कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०७७।१०।१६ गतेको फैसलाले भ्रष्टाचार (नक्कली प्रमाण पत्र)  मुद्दामा ६ महिना कैद सजाय र रु.१०,०००।- (दश हजार) जरिवाना तोकिई फरार रहेको जिल्ला कञ्चनपुर, लालझाडी गा.पा.२ बस्ने बर्ष ५४ को नन्दलाल तिरुवालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०४।२९ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको  ।           

फरार प्रतिबादी पक्राउ
२०८२-०४-२८

    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०७५।०५।२४ गतेको फैसलाले बहुबिबाह मुद्दामा १ बर्ष कैद सजाय र रु.५,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.२ उल्टाखाम बस्ने बर्ष ४० को शंकर दत्त जोशीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०४।२७ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको  ।                अछाम:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत अछामको मिति २०८१।०३।१५ गतेको फैसलाले बहुबिबाह मुद्दामा १ बर्ष कैद सजाय र रु.१०,०००।- जरिवाना तोकिएको जिल्ला अछाम, ढकारी गा.पा.३ बस्ने बर्ष २८ को बम बहादुर बि.क.लाई जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०४।२७ गते ऐ.मंगलसैन न.पा.५ मंगलसैन बजारबाट पक्राउ गरेको  ।           

चितुवाको जस्तो देखिने छाला सहित मानिस पक्राउ
२०८२-०४-२८

      दार्चुला:- मिति २०८२।०४।२७ गते १३:४५ बजेको समयमा बिशेष सुचनाको आधारमा जिल्ला दार्चुला, शैल्यशिखर न.पा.३ कर्कले स्थित गोकुलेश्वर मार्मा सडक खण्डको छेउबाट संकास्पद रुपमा हिडिरहेको अबस्थामा जिल्ला बैतडी, डिलाशैनी गा.पा.७ ऐर गाउँ बस्ने बर्ष ५० को भान सिंह ऐरले बोकेको झोला खाँनतलासी गर्दा उक्त झोला भित्र चितुवाको जस्तो देखिने छाला लम्बाई ६ फिट ३ ईन्च (शिर देखि पुच्छर सम्म), अगाडी खुट्टाको चौडाई ३ फिट १० ईन्च, पछाडी खुट्टाको चौडाई ३ फिट ८ ईन्च, कम्मरको भागको चौडाई १ फिट १० ईन्च सहित जिल्ला प्रहरी कार्यालय दार्चुला र इलाका प्रहरी कार्यालय गोकुलेश्वेर, दार्चुलाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।               

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-२६

      कैलाली:- मिति २०८२।०४।२५ गते १८:०० बजेको समयमा जिल्ला कैलाली, बर्दगोरीया गा.पा.४  पुरैनाताल सामुदायिक बन क्षेत्र नजिकबाट लागूऔषध सेवन गरीरहेको अवस्थामा जिल्ला कैलाली, लम्कीचुहा न.पा.६ गुलरा बस्ने बर्ष २७ को शंकर जैसी र जिल्ला बर्दिया, गेरुवा गा.पा.१ थापापुर बस्ने बर्ष २४ को किरण रावललाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ७ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।                          यसैगरी, मिति २०८२।०४।२५ गते २०:०० बजेको समयमा जिल्ला कैलाली, जानकी गाउँपालिका १ दुर्गौलीबाट सोही ठाउँ बस्ने  बर्ष २७ को क्षेत्र राज रावतलाई शंकास्पद रुपमा वसिरहेको अवस्थामा चेकजाँच गर्दा निजको साथबाट १०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।                         कञ्चनपुर:- मिति २०८२।०४।२५ गते १८:१५ बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारत बाट नेपाल तर्फ आउँदै गरेको सु.प.प्र.०२-००३ प ८२३१ नम्वरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.५ गुलरिया बस्ने बर्ष २२ को गणेश रावत र मोटरसाइकल पछाडी सवार सोही ठाउँ वस्ने बर्ष २५ को टेकराम चौधरीको साथबाट १० ग्राम ५८० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।