चितुवाको जस्तो देखिने छाला सहित मानिस पक्राउ
२०८२-०४-२८
- A
- A-
- A+
दार्चुला:- मिति २०८२।०४।२७
गते १३:४५ बजेको समयमा बिशेष सुचनाको आधारमा जिल्ला दार्चुला, शैल्यशिखर न.पा.३ कर्कले स्थित गोकुलेश्वर मार्मा सडक खण्डको छेउबाट संकास्पद
रुपमा हिडिरहेको अबस्थामा जिल्ला बैतडी, डिलाशैनी गा.पा.७ ऐर
गाउँ बस्ने बर्ष ५० को भान सिंह ऐरले बोकेको झोला खाँनतलासी गर्दा उक्त झोला भित्र
चितुवाको जस्तो देखिने छाला लम्बाई ६ फिट ३ ईन्च (शिर देखि पुच्छर सम्म), अगाडी खुट्टाको चौडाई ३ फिट १० ईन्च, पछाडी
खुट्टाको चौडाई ३ फिट ८ ईन्च, कम्मरको भागको चौडाई १ फिट १०
ईन्च सहित जिल्ला प्रहरी कार्यालय दार्चुला र इलाका प्रहरी कार्यालय गोकुलेश्वेर,
दार्चुलाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।