फरार प्रतिबादी पक्राउ
२०८२-०४-२८
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको
सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०७५।०५।२४ गतेको फैसलाले बहुबिबाह
मुद्दामा १ बर्ष कैद सजाय र रु.५,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त
न.पा.२ उल्टाखाम बस्ने बर्ष ४० को शंकर दत्त जोशीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट
खटिएको प्रहरी टोलीले मिति २०८२।०४।२७ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।
अछाम:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत अछामको मिति २०८१।०३।१५ गतेको
फैसलाले बहुबिबाह मुद्दामा १ बर्ष कैद सजाय र रु.१०,०००।- जरिवाना तोकिएको जिल्ला अछाम,
ढकारी गा.पा.३ बस्ने बर्ष २८ को बम बहादुर बि.क.लाई जिल्ला प्रहरी
कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०४।२७ गते ऐ.मंगलसैन न.पा.५
मंगलसैन बजारबाट पक्राउ गरेको ।