लागुऔषध सहित मानिस पक्राउ
२०७९-१२-२१
- A
- A-
- A+
कैलाली- मिति २०७९।१२।२० गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान समुह धनगढी र ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीवाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला कैलाली टिकापुर नपा ७ सोनाफाँटा स्थित भारत जिल्ला लखिमपुर खिरी तिकुनिया बस्ने बर्ष २० को सतिष राना साईकल चलाएर आई रहेको अवस्थामा शंका लागी चेक जाँच गर्ने क्रममा निजको साथबाट ५ ग्राम २६० मिलिग्राम लागुऔषध खैरोहेरोईन सहित निजलाई प्रहरीले पक्राउ गरको हो ।
सोही दिन जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलिले जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ बिशालनगर स्थित जिल्ला बाजुरा खप्तड छेडेदह गाउपालिका ४ घर भई ऐ.ऐ. कोठा गरी बस्ने बर्ष ४० को आनन्द धामिलाई शंकालागी चेक जाँच गर्दा निजको कोठाबाट ३ ग्राम ४०० मिलि ग्राम लागुऔषध खैरोहेरोईन फेला पारी निजलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
यसै गरी सोमबार राती सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान समुह धनगढी र प्र.चौ.त्रिनगर कैलालीबाट खटिएको प्रहरी टोलिले जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ स्थित ऐ.ऐ. बस्ने बर्ष १९ को ईश्वर साउदलाई शंका लागी चेकजाच गर्दा निजको साथबाट ६५० मिलि ग्राम लागुऔषध खैरोहेरोईन फेला पारी निजलाई प्रहरीले पक्राउ गरेको हो ।
सोमबार दिउँसो ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली टीकापुर न.पा.१ स्थित सडक खण्डमा ऐ. बस्ने बर्ष २२ को शिशिर चौधरीलाई शंकाष्पद रुपमा हिडिरहेको अवस्थामा फेला पारि निजको शरीर तलासी गर्दा निजको साथबाट ११० मिलिग्राम लागुऔषध खैरोहेरोईन फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।