प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पानिको खल्डोमा डुवेर वालिकाको मृत्यु

२०८२-०४-३०

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८२।०४।२९ गते १८:०० बजेको समयमा जिल्ला कैलाली, लम्कीचुहा न.पा.६ बाहुनपुर बस्ने झकंर चलाउने को २ बर्ष ६ महिनाको छोरी पुर्णिमा चलाउने बाटोमा खेलि रहेको अवस्थामा घरदेखि अन्दाजी १.५० मिटर टाढा रहेको पानिको खाल्डोमा डुबेर मृत्यु भएको ।   

      

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-०४-३०

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले सवारी ज्यान मुद्दामा ५ महिना ५ दिन कैद सजाय तोकीई फरार रहेका जिल्ला कैलाली, टीकापुर न.पा.१ शक्तिनगर शिबिर बस्ने बर्ष २६ को लौटन चौधरी र सोही ठाउँ बस्ने बर्ष २२ को रबिन चौधरीलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०४।२९ गते निजहरुकै घर ठेगानाबाट पक्राउ गरेको  ।     कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०७७।१०।१६ गतेको फैसलाले भ्रष्टाचार (नक्कली प्रमाण पत्र)  मुद्दामा ६ महिना कैद सजाय र रु.१०,०००।- (दश हजार) जरिवाना तोकिई फरार रहेको जिल्ला कञ्चनपुर, लालझाडी गा.पा.२ बस्ने बर्ष ५४ को नन्दलाल तिरुवालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०४।२९ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको  ।           

फरार प्रतिबादी पक्राउ
२०८२-०४-२८

    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०७५।०५।२४ गतेको फैसलाले बहुबिबाह मुद्दामा १ बर्ष कैद सजाय र रु.५,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.२ उल्टाखाम बस्ने बर्ष ४० को शंकर दत्त जोशीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०४।२७ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको  ।                अछाम:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत अछामको मिति २०८१।०३।१५ गतेको फैसलाले बहुबिबाह मुद्दामा १ बर्ष कैद सजाय र रु.१०,०००।- जरिवाना तोकिएको जिल्ला अछाम, ढकारी गा.पा.३ बस्ने बर्ष २८ को बम बहादुर बि.क.लाई जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०४।२७ गते ऐ.मंगलसैन न.पा.५ मंगलसैन बजारबाट पक्राउ गरेको  ।           

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-२८

     कैलाली:- मिति २०८२।०४।२७ गते १८:४५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ सिसा पोष्ट स्थित ऐ.गोदावरी न.पा.२ बस्ने बर्ष २६ को बिरेन्द्र साउदलाई बा ६२ प १२३५ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजको साथबाट ११० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित निजलाई प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।     यसैगरी, मिति २०८२।०४।२७ गते १९:०० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.८ भाषा स्कुल नजिकबाट सोही ठाउँ बस्ने बर्ष ३७ की रामरति रानालाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।                       कञ्चनपुर:- मिति २०८२।०४।२७ गते १९:१० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.११ डोकेबजार स्थित भारतबाट नेपाल तर्फ आउँदै गरेको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ बस्ने बर्ष ३० को निर्मल रोकायालाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १ ग्राम ७३० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र प्रहरी चौकी परासन, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।   

चितुवाको जस्तो देखिने छाला सहित मानिस पक्राउ
२०८२-०४-२८

      दार्चुला:- मिति २०८२।०४।२७ गते १३:४५ बजेको समयमा बिशेष सुचनाको आधारमा जिल्ला दार्चुला, शैल्यशिखर न.पा.३ कर्कले स्थित गोकुलेश्वर मार्मा सडक खण्डको छेउबाट संकास्पद रुपमा हिडिरहेको अबस्थामा जिल्ला बैतडी, डिलाशैनी गा.पा.७ ऐर गाउँ बस्ने बर्ष ५० को भान सिंह ऐरले बोकेको झोला खाँनतलासी गर्दा उक्त झोला भित्र चितुवाको जस्तो देखिने छाला लम्बाई ६ फिट ३ ईन्च (शिर देखि पुच्छर सम्म), अगाडी खुट्टाको चौडाई ३ फिट १० ईन्च, पछाडी खुट्टाको चौडाई ३ फिट ८ ईन्च, कम्मरको भागको चौडाई १ फिट १० ईन्च सहित जिल्ला प्रहरी कार्यालय दार्चुला र इलाका प्रहरी कार्यालय गोकुलेश्वेर, दार्चुलाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।