फरार प्रतिबादी पक्राउ
२०८२-०४-३०
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले सवारी ज्यान मुद्दामा ५ महिना ५ दिन कैद सजाय तोकीई फरार रहेका जिल्ला कैलाली, टीकापुर न.पा.१ शक्तिनगर शिबिर बस्ने बर्ष २६ को लौटन चौधरी र सोही ठाउँ बस्ने बर्ष २२ को रबिन चौधरीलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०४।२९ गते निजहरुकै घर ठेगानाबाट पक्राउ गरेको ।
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०७७।१०।१६ गतेको फैसलाले भ्रष्टाचार (नक्कली प्रमाण पत्र) मुद्दामा ६ महिना कैद सजाय र रु.१०,०००।- (दश हजार) जरिवाना तोकिई फरार रहेको जिल्ला कञ्चनपुर, लालझाडी गा.पा.२ बस्ने बर्ष ५४ को नन्दलाल तिरुवालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०४।२९ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।