अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०५-०३
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०५।०२ गते जिल्ला कैलाली, भजनी न.पा.५ कालापातल र पगियापसार कालिका मन्दिर नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,७३,५००।– बराबरको बिभिन्न किसिमका किटनासक औषधि, साइकल थान-१ लगायतका सामानहरु इलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८२।०५।०२ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त.न.पा.११ गड्डाचौकी र बेलौरी न.पा.६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,३४,१००।– बराबरको प्याज, पेय पदार्थ, बिभिन्न किसिमका कपडा, हार्डवेयर, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।