अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०५-०३
- A
- A-
- A+
डडेल्धुरा:- मिति २०८२।०५।०२ गते २०:३० बजेको समयमा जिल्ला डडेल्धुरा, अमरगढी न.पा.५ बागबजार स्थित भैरव नवदुर्गा सुनचाँदी पसल भित्र लागूऔषध सेवन गरिरहेका छन भन्ने गोप्य सुचनाको आधारमा चेकजाँच गर्दा सुनचाँदी पसल सञ्चालक ऐ.नवदुर्गा गा.पा.१ बस्ने बर्ष २४ को सागर सिजापति र सोही ठाउँ बस्ने बर्ष २१ को डार्बिन रावलको साथबाट ९० मिलीग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।