भरुवा बन्दुक सहित मानिस पक्राउ
२०८२-०५-०४
- A
- A-
- A+
डडेल्धुरा:- मिति २०८२।०५।०३ गते १८:०० बजेको समयमा गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटि गएको प्रहरी गस्ति टोलीले जिल्ला डडेल्धुरा, आलिताल गा.पा.४ रज्यौडा बस्ने दिपक सिजाली र गगन बोहराको घर कोठा खानतलासी गर्दा दुवै जनाको घर कोठाबाट १/१ नाल गरी जम्मा २ नाल भरुवा बन्दुक फेला पारी उक्त बन्दुक सहित दिपक सिजालीलाई नियन्त्रणमा लिएको र गगन बोहरा फरार रहेकोले निजको खोजतलास भईरहेको, सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।