प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बाटोबाट चिप्लिएर खोलाले बगाउँदा वालिकाको मृत्यु

२०८२-०५-०५

  • A
  • A-
  • A+
Share

     अछाम:- मिति २०८२।०५।०४ गते १४:४० बजेको समयमा जिल्ला अछाम, मेल्लेख गा.पा.४ सेलगाँउ बस्ने खडक साउँदको छोरी वर्ष ७ की कृति साउँद ऐ.साँफेबगर न.पा.१३ मैडाली मामा घरबाट औषधी उपचार गर्न निजको मामा सँग ऐ. बुढाबगरबाट उपचार गरी फिर्ता हुने क्रममा ऐ. स्थित ईगडी खोलाको साघुरो बाटोबाट चिप्लिन गई सोही खोलामा बगी वेपत्ता भएको खवर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय घुघुरकोट, अछाम र सशस्त्र विपद मनसुन प्रतिकारी वेश टाँसी, अछामबाट  संयुक्त रुपमा खटिएको प्रहरी टोलीले खोजतलास गर्दा बगेको स्थानबाट अन्दाजी ३ कि.मी. दक्षिण तर्फ मृत अवस्थामा फेला पारेको ।  

     

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।