फरार प्रतिबादी पक्राउ
२०८२-०५-०५
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा २ बर्ष कैद सजाय र रु.२०,०००।- (विश हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१४ बस्ने बर्ष २३ को आस्मिन पौडेल क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०५।०४ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित सर्वोच्च अदालत काठमाण्डौ मिति २०६५।०२।२१ गतेको फैसलाले जवरजस्ती करणी मुद्दामा ६ बर्ष कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, बेलौरी न.पा.३ खिरिया बस्ने बर्ष ६० को कृष्ण राज गिरीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले मिति २०८२।०५।०४ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।