फरार प्रतिवादीहरु पक्राउ
२०७९-१२-२२
- A
- A-
- A+
कैलाली-
मिति २०७९।१२।२१ गते दिउसो ईलाका प्रहरी कार्यालय मालाखेतीवाट खटिएको प्रहरी टोलीले कैलाली जिल्ला अदालत कैलालीको मिति २०७६।०८।०४ गते फैसलाले वन मुद्दाको जरिवाना रकम रू. ५१,५४४।- जरिवाना तोकिएको जि. कैलाली गौरीगंगा न.पा.३ बस्ने बर्ष २३ को देशराज राजी लाई निजकै घर बाट पक्राउ गरी सम्मानित कैलाली जिल्ला अदालतमा पेश गरिएको ।
यसै गरि सोही दिन दिउसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले कैलाली जिल्ला अदालत कैलालीको मिति २०७७/१२/११ गतेको फैसलाले ३ महिना २३ दिन कैद सजाय भई फरार रहेका लागुऔषध मुद्दाका फरार प्रतिवादीहरु जिल्ला कैलाली धनगढी उ.म.न.पा. १३ कैलालीगाँउ बस्ने बर्ष २९ को शुसिल चौधरी र ऐ.ऐ. बस्ने बर्ष ३० बाल गोबिन्द रानालाई निजहरुकै घर ठेगाना बाट नियन्त्रणमा लिई सम्मानित कैलाली जिल्ला अदालतमा पेश गरेको ।
मंगलवार दिउसो अस्थाई प्रहरी पोष्ट बसपार्कवाट खटिएको प्रहरी टोलीले सवारी ज्यान मुद्दाको फरार प्रतिवादी जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ४ बस्ने बर्ष ६० को आसवानी शर्मा लाई निजकै घर ठेगानावाट पक्राउ गरि सम्मानित कैलाली जिल्ला अदालतमा पेश गरेको ।
मिति २०७९/१२/२२ गते जिल्ला प्रहरी कार्यालय कैलालीवाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालिका १३ कैलालीगाँउ बस्ने बर्ष २२ को नरेश चौधरी चोरी मुद्दामा मिति २०७६/०२/०१ गते कैलाली जिल्ला अदालत कैलालीको फैसलाले ७ दिन कैद सजाय र रु.१०,०००।- जरिवाना भई फरार रहेका प्रतिवादीलाई निजकै घर ठेगानाबाट नियन्त्रणमा लिई सम्मानित कैलाली जिल्ला अदालतमा पेश गरेको ।