अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०५-०७
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०५।०६ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त.न.पा.१७ मझगाँउ, कृष्णपुर न.पा.५ वनदेवि जंगल नजिक र पुनर्वास न.पा.११ टाउके बजार स्थित सडक छेउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,३०,५२०।– बराबरको कुर्ती, सुटपिस, सुरवाल, पाइन्ट, लेहेङ्गा, बच्चाको कपडा, शर्ट, भाँडावर्तन, बिजुली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
डडेल्धुरा:- मिति २०८२।०५।०६ गते २२:०० बजेको समयमा जिल्ला डडेल्धुरा, परशुराम न.पा.१२ लेटेरोडाबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२७,६४०।– बराबरको बिडी, सलाई, सुपारी लगायतका सामानहरु इलाका प्रहरी कार्यालय जोगबुढा, डडेल्धुराबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।