प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०५-०७

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:- मिति २०८२।०५।०६ गते १७:५० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.७ हल्दुखालबाट सोही ठाउँ बस्ने बर्ष २४ को प्रबिन धानुकलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट २७० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।   

      बझाङ:- मिति २०८२।०५।०६ गते २२:०० बजेको समयमा जिल्ला बझाङ, जयपृथ्वी न.पा.९ चिउरीखान स्थित सुर्मा देवी ग्रिल उद्योग भित्र लागूऔषध औषध खैरो हेरोईन बेचबिखन गरी रहेको छ भन्ने बिशेष सुचनाको आधारमा चेकजाँच गर्दा ग्रिल उद्योग सञ्चालक जिल्ला बाजुरा, बुढीगंगा न.पा.८ घर भएको बर्ष १९ को विशाल रावलको कोठा र ग्रिल उद्योग भित्र खानतलासी गर्दा  ४५० मिलीग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।                     

सम्बन्धित समाचार
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०५-११

      कैलाली:- मिति २०८२।०५।१० गते १४:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट सोही ठाउँ बस्ने बर्ष २० को आकाश रानालाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ९ ग्राम ५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।       बाजुरा:- मिति २०८२।०५।१० गते २२:०० बजेको समयमा जिल्ला बाजुरा, बडिमालिका न.पा.८ मार्तडी बजारको कपड हल नजिक लागूऔषध सेवन गरी रहेका छन भन्ने सुचनाको आधारमा सोही नगरपालिका ९ बस्ने वर्ष २७ को लक्ष्मण बि.क. र जिल्ला कैलाली, गौरीगंगा न.पा.१ चौमाला बस्ने वर्ष ३१ को दिपेन्द्र घर्ति मगरलाई चेकजाँच गर्दा निजहरुको साथबाट १० ग्राम लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ र १०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।                    

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०५-१०

    कैलाली:-  मिति २०८२।०५।०९ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ बैयाबेहडी र भजनी न.पा.७ हिक्मतपुर स्थित जंगलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,२७,७४०।– बराबरको मोवाइल कभर, बिडी, सुर्ती, साइकल थान-४ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।       कञ्चनपुर:- मिति २०८२।०५।०९ गते जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.९ मटेनाबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२३,०४०।– बराबरको अबैध कुखुराका चल्ला इलाका प्रहरी कार्यालय ब्रह्मदेव, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रकिया पुरा गरि नष्ट गरेको ।  

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०५-०९

     कञ्चनपुर:- मिति २०८२।०५।०८ गते १५:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ भुजेलाबाट ऐ.१३ बडैपुर बस्ने बर्ष २३ को हरिश महरा र ऐ.१८ बस्ने बर्ष २६ को करन चन्दलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट १.३४ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।        अछाम:- मिति २०८२।०५।०८ गते १२:३० बजेको समयमा जिल्ला अछाम, साँफेबगर न.पा.८ वयलपाटा स्थित से ७ प ८२८० नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक ऐ.बान्नीगडी जयगढ गा.पा.५ बस्ने वर्ष १९ को राकेश साउँदको साथबाट Pregabalin- 60, Tramowell- 26 ट्याब्लेट नियन्त्रित लागूऔषध फेला पारी निजलाई सोधपुछ गर्दा  ऐ. साँफेबगर न.पा.४ एयरपोर्ट बजार स्थित न्यू बुढा होटलमा लागूऔषध कारोबार भईरहेको भनि बुझिन आएकोले सोही ठाउँ बस्ने बर्ष ३० को कृष्ण बुढाले सञ्चालन गरेको उक्त होटलमा खानतलासी गर्दा काठको बाकस भित्र लुकाइ छिपाइ राखेको अवस्थामा Tramowell-36, Nemadol-20, Pregabalin-35, Lospas-69, Duloxit-20, Azithromycin-20, Cetixime-5 र Diclofenacsodium-5 ट्याब्लेट नियन्त्रित लागूऔषध फेला पारी उक्त लागूऔषध, मोटरसाइकल सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय वयलपाटा, अछामबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०५-०८

      कैलाली:- मिति २०८२।०५।०७ गते जिल्ला कैलाली, टिकापुर न.पा.९ दसगजा सामुदायिक बन स्थित जंगलबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९४,०००।– बराबरको कुर्ता सुरवाल, ट्राउजर, टिसर्ट लगायतका सामानहरु इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।        कञ्चनपुर:-  मिति २०८२।०५।०७  गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त.न.पा.१७ मझगाँउ नहर नजिक र दोधारा चाँदनी न.पा.७ कञ्चभोज स्थित सडक किनाराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५०,८६०।– बराबरको सुजी, पेय पदार्थ, बच्चाका खेलौना, प्लाष्टर पट्टी लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।