अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०५-०८
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०५।०७ गते जिल्ला कैलाली,
टिकापुर न.पा.९ दसगजा सामुदायिक बन स्थित जंगलबाट अबैध रुपमा
भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९४,०००।–
बराबरको कुर्ता सुरवाल, ट्राउजर, टिसर्ट लगायतका सामानहरु इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा
लिएको ।
कञ्चनपुर:- मिति २०८२।०५।०७
गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त.न.पा.१७ मझगाँउ नहर
नजिक र दोधारा चाँदनी न.पा.७ कञ्चभोज स्थित सडक किनाराबाट अबैंध रुपमा भारतबाट
भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५०,८६०।– बराबरको सुजी, पेय पदार्थ, बच्चाका
खेलौना, प्लाष्टर पट्टी लगायतका सामानहरु जिल्ला प्रहरी
कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे
अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।