अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०५-०८
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०५।०७ गते २०:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१० गडडाचौकी ब्यारेल चेकपोष्ट स्थित यु.के. ३६ ए.डी. ५५६३ नम्बरको भारतिय स्कुटरलाई शंका लागि चेकजाँच गर्दा उक्त स्कुटरमा सवार सोही न.पा. ०९ बस्ने बर्ष २३ को दिवाकर सिंह पन्त र बर्ष २४ को रोहित कार्कीको साथबाट १ ग्राम ५९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, स्कुटर सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।