प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८२-०५-०९

  • A
  • A-
  • A+
Share

      कञ्चनपुर:- मिति २०८२।०५।०८ गते जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ गड्डाचौकीबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,०४,६५०।बराबरको बिभिन्न किसिमका कपडा, हाडवेयर, किराना लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको ।  

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०५-१०

    कैलाली:-  मिति २०८२।०५।०९ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ बैयाबेहडी र भजनी न.पा.७ हिक्मतपुर स्थित जंगलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,२७,७४०।– बराबरको मोवाइल कभर, बिडी, सुर्ती, साइकल थान-४ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।       कञ्चनपुर:- मिति २०८२।०५।०९ गते जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.९ मटेनाबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२३,०४०।– बराबरको अबैध कुखुराका चल्ला इलाका प्रहरी कार्यालय ब्रह्मदेव, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रकिया पुरा गरि नष्ट गरेको ।  

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०५-०९

     कञ्चनपुर:- मिति २०८२।०५।०८ गते १५:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ भुजेलाबाट ऐ.१३ बडैपुर बस्ने बर्ष २३ को हरिश महरा र ऐ.१८ बस्ने बर्ष २६ को करन चन्दलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट १.३४ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।        अछाम:- मिति २०८२।०५।०८ गते १२:३० बजेको समयमा जिल्ला अछाम, साँफेबगर न.पा.८ वयलपाटा स्थित से ७ प ८२८० नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक ऐ.बान्नीगडी जयगढ गा.पा.५ बस्ने वर्ष १९ को राकेश साउँदको साथबाट Pregabalin- 60, Tramowell- 26 ट्याब्लेट नियन्त्रित लागूऔषध फेला पारी निजलाई सोधपुछ गर्दा  ऐ. साँफेबगर न.पा.४ एयरपोर्ट बजार स्थित न्यू बुढा होटलमा लागूऔषध कारोबार भईरहेको भनि बुझिन आएकोले सोही ठाउँ बस्ने बर्ष ३० को कृष्ण बुढाले सञ्चालन गरेको उक्त होटलमा खानतलासी गर्दा काठको बाकस भित्र लुकाइ छिपाइ राखेको अवस्थामा Tramowell-36, Nemadol-20, Pregabalin-35, Lospas-69, Duloxit-20, Azithromycin-20, Cetixime-5 र Diclofenacsodium-5 ट्याब्लेट नियन्त्रित लागूऔषध फेला पारी उक्त लागूऔषध, मोटरसाइकल सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय वयलपाटा, अछामबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०५-०८

      कैलाली:- मिति २०८२।०५।०७ गते जिल्ला कैलाली, टिकापुर न.पा.९ दसगजा सामुदायिक बन स्थित जंगलबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९४,०००।– बराबरको कुर्ता सुरवाल, ट्राउजर, टिसर्ट लगायतका सामानहरु इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।        कञ्चनपुर:-  मिति २०८२।०५।०७  गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त.न.पा.१७ मझगाँउ नहर नजिक र दोधारा चाँदनी न.पा.७ कञ्चभोज स्थित सडक किनाराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५०,८६०।– बराबरको सुजी, पेय पदार्थ, बच्चाका खेलौना, प्लाष्टर पट्टी लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०५-०८

     कञ्चनपुर:- मिति २०८२।०५।०७ गते २०:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१० गडडाचौकी ब्यारेल चेकपोष्ट स्थित यु.के. ३६ ए.डी. ५५६३ नम्बरको भारतिय स्कुटरलाई शंका लागि चेकजाँच गर्दा उक्त स्कुटरमा सवार सोही न.पा. ०९ बस्ने बर्ष २३ को दिवाकर सिंह पन्त र बर्ष २४ को रोहित कार्कीको साथबाट १ ग्राम ५९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, स्कुटर सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।              

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०५-०७

     कञ्चनपुर:-  मिति २०८२।०५।०६  गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त.न.पा.१७ मझगाँउ, कृष्णपुर न.पा.५ वनदेवि जंगल नजिक र पुनर्वास न.पा.११ टाउके बजार स्थित सडक छेउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,३०,५२०।– बराबरको कुर्ती, सुटपिस, सुरवाल, पाइन्ट, लेहेङ्गा, बच्चाको कपडा, शर्ट, भाँडावर्तन, बिजुली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।    डडेल्धुरा:- मिति २०८२।०५।०६ गते २२:०० बजेको समयमा जिल्ला डडेल्धुरा, परशुराम न.पा.१२ लेटेरोडाबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२७,६४०।– बराबरको बिडी, सलाई, सुपारी लगायतका सामानहरु इलाका प्रहरी कार्यालय जोगबुढा, डडेल्धुराबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।