अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०५-०९
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०५।०८ गते १५:०० बजेको समयमा
जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ भुजेलाबाट ऐ.१३ बडैपुर
बस्ने बर्ष २३ को हरिश महरा र ऐ.१८ बस्ने बर्ष २६ को करन चन्दलाई शंका लागि
चेकजाँच गर्दा निजहरुको साथबाट १.३४ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो
पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय
गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा
लिएको, थप अनुसन्धान भईरहेको ।
अछाम:- मिति
२०८२।०५।०८ गते १२:३० बजेको समयमा जिल्ला अछाम, साँफेबगर
न.पा.८ वयलपाटा स्थित से ७ प ८२८० नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा
मोटरसाइकल चालक ऐ.बान्नीगडी जयगढ गा.पा.५ बस्ने वर्ष १९ को राकेश साउँदको साथबाट Pregabalin- 60, Tramowell- 26 ट्याब्लेट
नियन्त्रित लागूऔषध फेला पारी निजलाई सोधपुछ गर्दा ऐ. साँफेबगर न.पा.४ एयरपोर्ट बजार स्थित न्यू
बुढा होटलमा लागूऔषध कारोबार भईरहेको भनि बुझिन आएकोले सोही ठाउँ बस्ने बर्ष ३० को
कृष्ण बुढाले सञ्चालन गरेको उक्त होटलमा खानतलासी गर्दा काठको बाकस भित्र लुकाइ
छिपाइ राखेको अवस्थामा Tramowell-36, Nemadol-20, Pregabalin-35, Lospas-69, Duloxit-20, Azithromycin-20, Cetixime-5
र Diclofenacsodium-5 ट्याब्लेट नियन्त्रित लागूऔषध फेला
पारी उक्त लागूऔषध, मोटरसाइकल सहित निजहरु दुवै जनालाई इलाका
प्रहरी कार्यालय वयलपाटा, अछामबाट खटिएको प्रहरी टोलीले
नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।