अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०५-१०
- A
- A-
- A+
कैलाली:-
मिति २०८२।०५।०९ गते कैलाली जिल्लाको
बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ बैयाबेहडी र भजनी न.पा.७ हिक्मतपुर स्थित
जंगलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,२७,७४०।– बराबरको मोवाइल कभर,
बिडी, सुर्ती, साइकल
थान-४ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको
प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८२।०५।०९ गते
जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.९ मटेनाबाट अबैध रुपमा
भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२३,०४०।– बराबरको अबैध कुखुराका चल्ला इलाका प्रहरी कार्यालय ब्रह्मदेव, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी
आवश्यक प्रकिया पुरा गरि नष्ट गरेको ।