अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०५-११
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०५।१० गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु बेलौरी न.पा.३ बन्धाताल र पुनर्बास न.पा. ११ टाउके बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,६१,०००।– बराबरको चिनी, बिडी, चुरोट, बोईलर कुखुरा, मोटरसाइकल थान-२ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।