प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०५-११

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८२।०५।१० गते १४:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट सोही ठाउँ बस्ने बर्ष २० को आकाश रानालाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ९ ग्राम ५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  । 

      बाजुरा:- मिति २०८२।०५।१० गते २२:०० बजेको समयमा जिल्ला बाजुरा, बडिमालिका न.पा.८ मार्तडी बजारको कपड हल नजिक लागूऔषध सेवन गरी रहेका छन भन्ने सुचनाको आधारमा सोही नगरपालिका ९ बस्ने वर्ष २७ को लक्ष्मण बि.क. र जिल्ला कैलाली, गौरीगंगा न.पा.१ चौमाला बस्ने वर्ष ३१ को दिपेन्द्र घर्ति मगरलाई चेकजाँच गर्दा निजहरुको साथबाट १० ग्राम लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ र १०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।                    

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।