अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०५-११
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०५।१० गते १४:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट सोही ठाउँ बस्ने बर्ष २० को आकाश रानालाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ९ ग्राम ५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
बाजुरा:- मिति २०८२।०५।१० गते २२:०० बजेको समयमा जिल्ला बाजुरा, बडिमालिका न.पा.८ मार्तडी बजारको कपड हल नजिक लागूऔषध सेवन गरी रहेका छन भन्ने सुचनाको आधारमा सोही नगरपालिका ९ बस्ने वर्ष २७ को लक्ष्मण बि.क. र जिल्ला कैलाली, गौरीगंगा न.पा.१ चौमाला बस्ने वर्ष ३१ को दिपेन्द्र घर्ति मगरलाई चेकजाँच गर्दा निजहरुको साथबाट १० ग्राम लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ र १०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।