प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०५-१३

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८२।०५।१२ गते २०:२० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ चौराहाबाट जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.७ बस्ने बर्ष २० को नसिव राना समेत ३ जनालाई ४ ग्राम ४६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, निजहरुले प्रयोग गरेको से ४ प १७४५ नम्बरको मोटरसाइकल सहित तिनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  । 

      यसैगरी,  मिति २०८२।०५।१२ गते २०:२० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.५ बस्ने बर्ष २५ को रबि चौधरी लाई शंका लागि निजको घर कोठा खाँनतलासी गर्दा १८० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र २ ग्राम ८६० मिलिग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।  

    यसैगरी,  मिति २०८२।०५।१२ गते २३:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ लक्ष्मीनगरबाट ऐ. कैलालीगाउँ बस्ने बर्ष ३२ को रामजिवन रानालाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई प्रहरी चौकी कैलालीगाउँ, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।  

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।