प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

डुबेर मृत्यु

२०८२-०५-१३

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८२।०५।१२ गते १४:०० बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.९ स्थित खुटिया खोलामा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.५ तारानगर बस्ने बर्ष १७ को सक्षम भण्डारी, ऐ. बस्ने बर्ष १७ को प्रतीक चौधरी,  ऐ.४  बस्ने बर्ष १७ को जाबेज भण्डारी र ऐ. बस्ने बर्ष १५ को जेब भण्डारी साथिहरू सँग पौडी खेल्न भनि गएकोमा पानीमा डुबी बेपत्ता भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मालाखेती, कैलाली समेत र सशस्त्र प्रहरी बल ४३ रिजर्व गण बनबेहडा, कैलालीबाट संयुक्त खटिएको प्रहरी टोलीले चारै जनालाई डुबी मृत्यु भएको अवस्थामा खोलाबाट बाहिर निकालेको  ।   

     

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।