अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०५-१४
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०५।१३ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.३ भासी, ऐ. ४ बसपार्क र बेदकोट न.पा.४ दैजीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७,७६,८००।– बराबरको बिभिन्न किसिमका कपडा, बिजुली, कस्मेटिक, किरानाका सामान तथा मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।