प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८२-०५-१४

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८२।०५।१३ गते १५:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ त्रिनगर व्यारेल स्थित जिल्ला डोटी, शिखर न.पा.८ घर भई हाल जिल्ला कैलाली, गोदावरी न.पा.१ बस्ने बर्ष ३५ को बिर बहादुर रावलले चलाएको सु.प.प्र.०४-००१ प ०६६५ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट २ ग्राम ७६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित निजलाई वडा प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण व्युरो शाखा धनगढी र प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रुपमा खटिएको खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 

     यसैगरी,  मिति २०८२।०५।१३ गते १८:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ त्रिनगर व्यारेल स्थित ऐ. चुरे गा.पा.३ बस्ने बर्ष ३२ को मोहन मल्ललाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ५९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।  

     यसैगरी, मिति २०८२।०५।१३ गते १९:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१२ जुगेडा स्थित सु.प.प्र.०१-०१३ प २३४५ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक सोही ठाउँ बस्ने बर्ष २३ को बिजय बि.क. र मोटरसाइकल पछाडी सवार ऐ.७ बस्ने बर्ष २२ को प्रदिप रानाको साथबाट ७४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  । 

      यसैगरी,  मिति २०८२।०५।१३ गते १९:४५ बजेको समयमा जिल्ला बझाङ, बुङ्गल न.पा.८ घर भई हाल जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ मिलनचोक स्थित जयराम होटल एण्ड लज रेष्टुरेन्ट सञ्चालन गरी बस्ने बर्ष ३२ को राम बोहराको उक्त रेष्टुरेन्टमा खाँनतलासी गर्दा ५ (पाँच) के.जि. ६९० ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा धनगढीबाट सयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।  

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।