अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०५-१६
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०५।१५ गते २१:२५ बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.१बिजौरा स्थित से ३ प ५१४१ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक सोही ठाउँ बस्ने बर्ष २७ को राजु चौधरीले मोटरसाइकलको भाइजरको मुनी हेण्डिलको टी- गार्डको प्वाल भित्र लुकाइ छिपाइ राखेको अवस्थामा ९ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित निजलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र प्रहरी चौकी गेटा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।