अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०५-१९
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०५।१८
गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.९ ब्रहमदेम, ऐ.१० गज्जर र ऐ. ११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका
अन्दाजी मूल्य रु.३,२७,६१०।– बराबरको चिनी, मिश्री, मिठाई,
नरिवल, हार्डवेयर, कस्मेटिक,
किरानाका लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट
खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कैलाली:- मिति २०८२।०५।१८
गते १८:३० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.७
सुनाफाटा स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी
मूल्य रु.२७,२००।– बराबरको गोल्ड मोहर
लगायतका सामानहरु इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट
खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।