अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०५-१९
- A
- A-
- A+
कैलाली:- मिति
२०८२।०५।१८ गते १७:२५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३
व्यारेल नजिकबाट जिल्ला डोटी, जोरायल गा.पा.३ बस्ने वर्ष २३
को विजय सुब्बालाई ४ ग्राम ४५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो
पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट
खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान
भईरहेको ।