अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०५-२०
- A
- A-
- A+
कैलाली:- मिति
२०८२।०५।१९ गते १६:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३
व्यारेल नजिकबाट जिल्ला डडेल्धुरा, अम्मरगढी न.पा.७ बस्ने
बर्ष २५ को प्रकाश भट्टराईलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १ ग्राम २८०
मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ
सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा
लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, १६:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ व्यारेल स्थित सु.प.प्र.०१-०१२ प ६५५३ नम्बरको
मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक सोही उ.म.न.पा. ७ मनेहरा
बस्ने बर्ष २९ को संजित राना र मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २८ को सोभत रानाको साथबाट ९०० मिलिग्राम
लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ
फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु दुवै
जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको,
थप अनुसन्धान भईरहेको ।