अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०५-२१
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०५।२० गते १९:१५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ नेपाल टेलिकम नजिकबाट सोही उ.म.न.पा.६ बस्ने बर्ष २५ को सिम चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ५५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।