लागु औषध सहित मानिस पक्राउ
२०७९-१२-२३
- A
- A-
- A+
मिति
२०७९/१२/२२ गते प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला
कैलाली टीकापुर नपा ७ वैदी स्थित भित्री सडक खण्डमा शंकास्पद तरिकाले हिडिरहेको भारत
लखिमपुर खिरी तिकुनिया बस्ने बर्ष २६ को सहबान खाँ लाई रोकी चेकजाँच गर्दा निजको साथबाट २ ग्राम ५००
मिलिग्राम लागुऔषध खैरोहेरोईन फेलापारी प्रहरीले नियन्त्रणमा लिएको हो ।
यसै गरी सोहि दिन ईलाका प्रहरी कार्यालय झलारी
र ईलाका प्रहरी कार्यालय रैकवा कञचनपुरबाट खटिएको सयुक्त प्रहरी टोलीले जिल्ला कञ्चनपुर कृष्णपुर न.पा. ७ कलुवापुर बस्ने बर्ष
अ.२७ को गणेश पाण्डेयले चलाएको सु.प.प्र. ०१०११ प २२४६ नं. को मो.सा. र सोहि मो.सा
पछाडि सवार जि. कैलालि गोदावरी न.पा. ७ लालपुर बस्ने बर्ष अ.४० को तिर्थ फुलारालई
शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट १.१५ ग्राम लागुऔषध खैरहेरोईन फेला पारी
निजहरुलाई मो सा सहित प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप
अनुसन्धान गरिरहेको छ ।