फरार प्रतिबादी पक्राउ
२०८२-०५-२१
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा २९ दिन कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.७ मनेहरा बस्ने बर्ष २० को कनैया रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०५।२० गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।
डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाले चोरी मुद्दामा ९ दिन कैद सजाय र रु.७,५००।- (सात हजार पाँच सय) जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, गन्यापधुरा गा.पा.१ बस्ने बर्ष २५ को रोशन दमाईलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०५।२० गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।