अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०५-२३
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०५।२२ गते १७:०५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ त्रिनगर व्यारेल नजिकबाट सोही उ.म.न.पा. ४ खानेपानि टोल बस्ने बर्ष २८ को अरुण गहतराजलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ५ ग्राम ४५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगर कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
कञ्चनपुर:- मिति २०८२।०५।२२ गते १९:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.९ अण्डैयाटोल स्थित भित्री सडक खण्डमा ऐ.झरना खोला बस्ने वर्ष २४ को गोविन्द बहादुर कठायतलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १० ग्राम २५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।