धरिलो हतियार (बन्चरो) प्रहार गरि महिलाको हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०५-२३
- A
- A-
- A+
बैतडी:- मिति २०८२।०५।२२ गते २३:३० बजेको समयमा जिल्ला बैतडी, सिगास गा.पा.२ पेडेगोदा बस्ने वर्ष ३० को यज्ञ सिंह धामीले आफ्नै काकी सोही ठाउँ बस्ने वर्ष अन्दाजी ३४/३५ की बेलमती धामीलाई घरमा सुति रहेको अवस्थामा घाँटी र मुखमा धारिलो हतियार बन्चरो प्रहार गरी घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गाँजरी, बैतडीबाट खटि गएको प्रहरी टोलीले निज यज्ञ सिंह धामीलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।