प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८२-०६-०२

  • A
  • A-
  • A+
Share

    कैलाली:-  मिति २०८२।०६।०१ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ४ र टिकापुर न.पा.९ भैयावाडा स्थित नहर नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५६,८३,५६०।– बराबरको मोबाइल, स्मार्ट घडी, एयरफोन, पावर ब्याङ्क, पेन ड्राइभ लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।   

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०६-०२

     कैलाली:- मिति २०८२।०६।०१ गते जिल्ला कैलाली, टिकापुर न.पा.१ शक्तिनगरबाट सोही ठाउँ बस्ने बर्ष ३० को अर्पण चौधरीलाई शंका लागि चेकजाँच गर्दा  १ ग्राम २०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।       बाजुरा:- मिति २०८२।०६।०१ गते जिल्ला बाजुरा, बडीमालिका न.पा.९ बाउली स्थित कोल्टी मार्तडी सडक खण्डमा कोल्टीबाट मार्तडीतर्फ संकास्पद हिडिरहेको अवस्थामा ऐ. बुढीनन्दा न.पा.१० बस्ने वर्ष २८ को बिरेन्द्र थापालाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १ के.जि. ५६० ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारि उक्त पदार्थ सहित निजलाई  जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।       

फरार प्रतिबादी पक्राउ
२०८२-०५-२४

    डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०५।२३ गते जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. ज्यान सम्बन्धि कसुर मुद्दामा १ महिना कैद सजाय तोकिएका जिल्ला डडेल्धुरा, नवदुर्गा गा.पा.३ बस्ने बर्ष २२ रोषन लुहार, बर्ष २३ को आकास साँउद र बर्ष १९ को नरेश तिरुवा  । २. ज्यान सम्बन्धि कसुर मुद्दामा ३ महिना कैद सजाय र रु.८००।- जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, भागेश्वर गा.पा.४ घर भई हाल ऐ.अमरगढी न.पा. ८ बागचौर बस्ने १८ बर्षिय किशोर ।३. लागूऔषध मुद्दामा ८ महिना कैद सजाय र रु.१५,०००।– जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, अमरगढी न.पा.५ बागबजार बस्ने बर्ष २९ को राजेश पाल ।      कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०७७।१२।१७ गतेको फैसलाले जबरजस्ति करणी मुद्दामा ५ महिना १६ दिन  कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.६ पत्थरनाला बस्ने बर्ष २६ को सुजित थापा मगरलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०५।२३ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको  ।    

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०५-२३

     कैलाली:- मिति २०८२।०५।२२  गते  १७:०५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ त्रिनगर व्यारेल नजिकबाट सोही उ.म.न.पा. ४ खानेपानि टोल बस्ने बर्ष २८ को अरुण गहतराजलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ५ ग्राम ४५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगर कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।    कञ्चनपुर:- मिति २०८२।०५।२२  गते  १९:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.९ अण्डैयाटोल स्थित भित्री सडक खण्डमा ऐ.झरना खोला बस्ने वर्ष २४ को गोविन्द बहादुर कठायतलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १० ग्राम २५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।