अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०६-०२
- A
- A-
- A+
कैलाली:- मिति
२०८२।०६।०१ गते जिल्ला कैलाली, टिकापुर न.पा.१ शक्तिनगरबाट सोही ठाउँ बस्ने
बर्ष ३० को अर्पण चौधरीलाई शंका लागि चेकजाँच गर्दा १ ग्राम २०० मिलिग्राम लागूऔषध खैरो हेरोइन
जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी
कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप
अनुसन्धान भईरहेको ।
बाजुरा:- मिति
२०८२।०६।०१ गते जिल्ला बाजुरा, बडीमालिका न.पा.९ बाउली
स्थित कोल्टी मार्तडी सडक खण्डमा कोल्टीबाट मार्तडीतर्फ संकास्पद हिडिरहेको
अवस्थामा ऐ. बुढीनन्दा न.पा.१० बस्ने वर्ष २८ को बिरेन्द्र थापालाई शंका लागि
चेकजाँच गर्दा निजको साथबाट १ के.जि. ५६० ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो
पदार्थ फेला पारि उक्त पदार्थ सहित निजलाई
जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको,
थप अनुसन्धान भईरहेको ।