अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०६-०५
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०६।०४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ बिद्युत कार्यालय नजिक, ऐ.१३ एयरपोर्ट नजिक र भजनी न.पा.३ ठेकीपुलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९७,९९०।–बराबरको बिडी, सुर्ती, मसला, कुरकुरे, चक्लेट, सुटपिस, फराक लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८२।०६।०४ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.१० गज्जर र बेलौरी न.पा.८ कलकत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३४,९००।– बराबरको चिनी, नरिवल पाउडर, मिठाई, कस्मेटिक लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।