अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०६-०६
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०६।०५ गते १९:०० बजेको समयमा जिल्ला कैलाली, लम्कीचुहा न.पा.४ कौवापुर पुर्णिमा सामुदायिक बन नजिक रहेको शिब मन्दिरबाट सोही ठाउँ बस्ने बर्ष २२ को खडक सिजाली मगरलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
कञ्चनपुर:- मिति २०८२।०६।०५ गते १३:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १० गड्डाचौकी व्यारेल नजिकबाट ऐ.१८ जानकी टोल बस्ने बर्ष २३ को आशिष नेपाली र बर्ष २४ को अर्जुन दमाईलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट Buprenophine Hydrochloride ७२ एम्पुल र Promethazine Hydrochloride ९० एम्पुल नियन्त्रित लागूऔषध फेला पारी उक्त लागूऔषध सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।