अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०६-०७
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०६।०६ गते १९:०० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.७ सत्ती बजारबाट ऐ.पदमपुर बस्ने बर्ष ३० को हिक्मत ठकुल्लालाई पैदल हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजको साथबाट ७३० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८२।०६।०६ गते १७:२० बजेको समयमा गोप्य सुचनाको अधारमा जिल्ला कैलाली, लम्कीचुहा न.पा. ६ बाकमाराबाट सोही ठाउँ बस्ने बर्ष २५ को गोबिन्द घर्ति मगरलाई पैदल हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजको साथबाट ५४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।